Blog Single

✍️पब्लिक ट्राभल टुर कम्पनी एक सम्भावना



सिए. केएच. बुढाथाेकी Startup Ideas Nepal

नेपाल भाैगाेलिक, माैसम, भाषा, र संस्कृतिक हिसवमा विविधता  भएकाे मुलुक हुनुकाे सथै यहाँको मनुवाहरु  लडाकु भन्दा वढी मिजासिला अनि हँसिलाे स्वभावकाे हुने हुँदा विदेशी पर्यटक एकपटक नेपाल घुमेपछी फेरी पटक पटक दाेहर्यायर अाउने गरेकाे पइएकाे छ । यि माथिका केही सवल पक्षहरुलाइ मनन गरिरहदा र हालकाे हाम्राे पर्यटन ब्यवसायमा खट्किरहेकाे कुरा चाहि हामिसंग के के छन् भनेर हमिले विश्व समुदायमा भन्न अथवा व्यापक अभियान चलाउन हम्राे सरकार र अन्य सराेकारवालाहरु पछी परेकाे भान हुन्छ त्यसै परिपेक्षमा रहेर एक सामाजिक व्यावसायिक माेडल सेयर गर्न गइरहेकाे छु जाे काेहीले यसकाे सारमा काम गर्न चाहनुभएमा यसकाे विस्तृत परियाेजना प्रतिवेदन दिन तत्पर छु र सकेकाे सहयाेग गर्न चहन्छु किनकि हमीवाट नि केही सामाजिक याेगदान गर्न सकाैं भन्ने मनसाय हाे।
👉️याे किन?
यस क्षेत्रमा व्यतिगत पहलका कम्पनीहरु मात्र संलग्न भएकाेले सेवाकाे गुणस्तरमा अास्वस्तता हुन समस्या भएकाे, व्यापक वजारीकरणका अभियान गर्न यस्ता व्यक्तिगत हिसवमा चलेका कम्पनीहरु असमर्थ र यसमा संलग्न जनशक्तिको पनि अार्थिक तथा पेशागत हैसियत कामचलाउ हुँदा  उहाँहरुले प्रदान गर्ने सेवाकाे गुणस्तरमा ह्रास भएकाे देखिन्छ । भ्रमण लागतमा भैरहेको प्रतिस्पर्धामा अझ खराे रुपमा उत्रेर कम खर्च गर्ने पर्यटक धेरै भन्दा धेरै अाउने वातावरण तयार गरेर उनिहरुलाई नै वढि खर्च गर्ने पर्यट भित्र्याउन बजारिकरणकाे माध्यम बनाउन सकिन्छ जस्तै उनिहरुले अाफ्ना पैसावाल साथीहरूलाइ पनि पक्कै भन्नेछ र नेपाल घुम्न उक्सउने छ ।
👉️याे कसरी
मुनाफा वितरण नगर्ने र सेयर पुँजी नहुने तर सदस्यता हुने पव्लिक कम्पनी दर्ता गर्ने जुन कम्पनी एेन २०६३ अनुसार गर्न सकिन्छ र यसकाे संचालन पव्लिक कम्पनीकाे अवधारणामा गर्न सकिन्छ जसमा नफा झिक्न मात्र नपाइने हाे । यसमा सदस्यता सहभागिताकाे लागि विस्वभर छरियर रहेका नेपाली नगरिक र कानुनले मिले नेपाललाई माया गर्ने विदेशीहरुलाइ सामान्य सुल्कमा सदस्यता दिने र उहाँहरुलाइ थाेरैमा वर्षकाे एकजना विदेशी नगरिकलाई यस संस्था मार्फत नेपाल घुम्न जान उक्साहट गर्न लगाउने जसले नेपालमा पर्यटक वढाउन ठुलाे मद्दत हुनेछ र जाउ भन्नेलाई पनि अाफ्नाे देशकाे संस्थाकाे सेवाकाे विस्वस्नियता हुन सकाेस जसकाे लागि पव्लिक माेडलकाे कम्पनी अाउन जरुरी छ।
👉️फाईदा के ?
देशमा केही गर्ने वातावरण भएन भनेर विदेशियका तर देशकाे उन्नतिकाे लागि केही गराैं भन्ने साेच भएका युवहरुकाे साेसल साईटकाे थाेरै समय वा कर्मथलाेमा भेटिने विदेशी नगरीकलाई अाफ्नाे देश घुम्न उक्साउदा अप्रत्यक्ष रुपमा पर्यटन संख्या बृद्दि भई देशवासीले सेवा गर्ने अवसर पाउनुकाे साथै देश ठुलाे धनराशी भित्रन्छ वा कम खर्च गर्ने पर्यटकले अाफ्नाे देशमा फर्केर उनिहरुले अरुलाई पनि उक्साउने हुंदा रईस पर्यटकहरु पनि भित्रनेछन् त्यसले भैरहेका पर्यटन, हाेटल, र यातायात व्यावसायीहरुकाे व्यवसाय अचाक्ली रुपमा वढ्नेछ र अन्तत देश सम्मुनत हुँदा विदेशियका युवाहरुले अाफनै पालामा देश सम्पन्नतामा पुगेकाे अनुभुत गर्न सहयाेग मिल्ने र थप युवाहरु विदेशिने वाध्यतावाट वच्ने थिय ।
👉️बेफाइदा के
स्वदेशमा हुने युवाहरुले राेजगार पाउने भैहाल्याे तर विदेशमा हुने युवाहरुले अाफ्नाे देशकाे गुणगान गाउन खर्चिने समयकाे घाटाे हाे । तैपनी गफकाे प्रसङ्गमा देशकाे गुणगान गायर देशमा केही पर्यटक बढ्छ र त्यसले देशकाे हैसियत दरिद्रवाट समृद्ध हुन्छ भने  किन पहल नगर्ने ?
👉️सारांस
देशमा केही भएन भएन भनेर चिच्याउन र नेताहरुलाइ गली गरेर टाउकाे दुखाउनुकाे साटाे हाम्राे स्तरवाट केही सानाे पहल गराैं  जसले दिर्घकालमा हामी अल्छीहरुलाई बसी बसी गफ लायर अरुलाई घुमायर अर्थतन्त्रकाे सुधार हुने देख्छु । बैदेशिक श्रम अर्थतन्त्र वाट पर्यटनमुखी अर्थतन्त्र वनाउन सहभागी बनाैं । संसार भर घुमन्ते प्रबृत्ति वढिरहेकाे थियाे र बढ्नेछ तर अहिले काेराेनाकालमा  हामी तयारी र नेटवर्क वढायर सहज हुनासथ अर्थतन्त्र चलायमान गराउने सहज बाटाे देखिन्छ । विकाशकाे लागि पैसा वा लागानी मात्र ठुलाे हाे भन्ने भ्रमलाइ हामिले चिर्न जरुरी छ ।
सिए. केएच. बुढाथाेकी (२०७८ अाषाढ ५ विहान ७:५३)