लेखा एउटा भाषा हो । भाषा भएकै कारण यसलाई तिनले मात्र बुझ्दछन् जसले यो भाषाजानेको हुन्छ । र्ससर्ती हेर्ने हो भने, नेपालीमा होस वा चाईनीजमा वा रसियनमा होस, लेख्दा सबैले फरक फरक तरिकाको धर्का नै तान्ने हो ।
धर्काका बिषेश आकृतीलाई अक्षरको रुपमा चिनिन्छ । अक्षरको संग्रहबाट शब्द बन्छन् । शब्दको आफ्नो एकल अर्थ हुन्छ । शब्दहरु मिलेर वाक्य बन्दछ, जसले पूर्ण सन्देस प्रवाह गर्छ । भाषा बुझ्नेले त्यही धर्काहरुबाट कुरा बुझ्छन । नबुझ्नेहरुको लागीत्यो धर्का मात्र रहन्छ र त्यस्तो धर्का देख्दा हामीआफै पनिके लेखेको होलाभनेर अनुमानमात्र लगाउछौ ।
लेखापनि एउटा भाषा नै हो । वित्तिय अभिलेखलाई विश्लेषण र संप्रेषण गर्न मिल्ने गरी व्यवस्थीत राख्न, यो भाषाको प्रयोग गरिन्छ । आर्थिक कारोवार तथा घटना यो भाषाका अक्षर हुन । हिसाब शाखा शब्दहुन, र वित्तिय विवरणहरुको संगालो पूरौ अनुच्छेद हुन ।
प्रत्येक भाषाको आफ्नौ नियम हुन्छन् । त्यस्तो नियमलाई व्याकरण भनिन्छ । लेखा आफैमा अलग भाषा भएकोले यसको पनि आफ्नै व्याकरण छ । लेखाको व्याकरणलाई, लेखाको सर्वमान्य सिद्दान्त पनि भनिन्छ ।हाल नेपालमा प्रयोगमा रहेको सिद्दान्त हो, नेपाल लेखामानतथा नेपाल वित्तिय प्रतिवेदनमान । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था ऐन बमोजिम गठन भएको नेपाल लेखामानबोर्ड द्धारा तयार भई, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको काउन्सीलबाट जारी भए पछि यो लागु हुन्छ ।
हाल नेपालमा, व्यवसायको सार्वजनीक उत्तरदायित्व तथा आर्थिक महत्वको आधारमा ४ वटा लेखा मान प्रचलनमा छन् ।
१. सार्वजनिक उत्तरदायित्व वा आर्थिक महत्व भएका नाफा वितरण गर्ने निकायहरुलाई लाग्ने,Full NFRS
२. आर्थिक महत्व भएका नाफा वितरण गर्ने निकायहरुलाई लाग्ने, NFRS for SMEs
३. आर्थिक महत्व नभएका नाफा वितरण गर्ने निकायहरुलाई लाग्ने,NFRS for MEs
४. नाफा वितरण नगर्ने निकायहरुलाई लाग्ने, NFRS for NPOs
सार्वजनिकउत्तरदायित्वभएकानिकाय
देहायका निकायहरुलाई सार्वजनिक उत्तरदायित्व भएको निकाय मानिएको छ । यस्ता निकायले, Full NFRS लाई आफ्नो लेखामान मानी प्रयोग गर्नु पर्छ ।
१. आफुले जारी गरेको धितोपत्र, सुचिकरण भई दोस्रो बजारमाकारोबार भइरहेको निकाय ।
२. आफुले धितोपत्र सार्वजनिकनिश्कासनगर्ने तयारीमा रहेको निकाय ।
३. बहुराष्ट्रिय निकाय
४. सरकारी स्वामित्वका संस्थाहरु
आर्थिक महत्वभएका निकाय
व्यवसाय संचालन गर्ने सबै निकाय हरुको आर्थिक महत्व हुन्छ नै । आर्थिक महत्वको आधारमाकुन लेखामान प्रयोग गर्ने यकिन हुन्छ ।उल्लेख गरिएकाकुनै एक मापदण्ड पुगेमाप्रयोग गर्नु पर्ने हुन्छ । त्यस्तै, लगातार २ बर्ष मापदण्ड पुगे पछि मात्र एउटाबाट अर्काे लेखामानमा परिवर्तन गर्न मिल्छ ।
आर्थिक महत्वको आधारमा Full NFRS लाई आफ्नो लेखामानमानीप्रयोग गर्नु पर्ने अवस्थाहरू
१. रु. ५० करोड वा सो भन्दाअधिककर्जा सापट भोग गर्ने निकाय ।
२. रु. १०० करोडवा सो भन्दाअधिकको वासलातभएकानिकाय ।
३. रु. १०० करोडवा सो भन्दाअधिक, खरिद वाबिक्रीभएकानिकाय ।
४. कर्मचारी संख्या ३०० वा सो भन्दा अधिक भएका निकाय ।
५. बिश्वासको आधारमा रु. ५० करोड वा सो भन्दाअधिक रकम प्रयोग गर्ने निकाय ।
आर्थिक महत्वको आधारमा NFRS for SMEs लाई आफ्नो लेखामानमानीप्रयोग गर्नु पर्ने अवस्थाहरू
१. रु. ५ करोड देखि रु. ५० करोड सम्मकर्जा सापट भोग गर्ने निकाय ।
२. रु. १० करोड देखि रु. १०० करोड सम्म वासलात भएका निकाय ।
३. रु. १० करोड देखि रु. १०० करोड सम्म खरिद वा बिक्री भएका निकाय ।
४. बिश्वासको आधारमा रु. ५ करोड देखि रु. ५० करोड सम्म रकम प्रयोग गर्ने निकाय ।
आर्थिक महत्वको आधारमा NFRS for MEs लाई आफ्नो लेखामान मानी प्रयोग गर्नु पर्ने अवस्थाहरू
१. रु. ५ करोड वा सो भन्दा कम कर्जा सापट भोग गर्ने निकाय ।
२. रु. १० करोडवा सो भन्दा कम वासलात भएका निकाय ।
३. रु. १० करोडवा सो भन्दा कम खरिद वा बिक्री भएका निकाय ।
४. बिश्वासको आधारमा रु. ५ करोड वा सो भन्दाकम रकमप्रयोग गर्ने निकाय ।
नफानकमाउने वावितरण नगर्ने उद्देश्यभएकानिकायले NFRS for NPOs गर्नुपर्छ ।
प्रज्वल अधिकारी शर्मा, सिए प्रबन्ध संचालक
मन्तु सेवा प्रा. लि., बिर्तामोड झापा (९८५१२२६०७३)