Blog Single

लेखा बिनाको व्यवसाय जुनसुकै वेलापनि दुर्घटना हुने निश्चत छ , व्यवसाय र लेखा एक सिक्काका दुई पाटा हुन



नारायण संग्रौला र केशव भण्डारी Accounting & Taxation in Nepal

लेखा किन महत्वपुर्ण छ ?

जसरी उडिरहेको जहाजलाई गन्तव्यमा अवतरण गर्न कम्पासको मद्दतले दिसा निर्देशित गराउँछ , त्यस्तै उचित लेखाले पनि व्यवसायिक लक्ष्य प्राप्तीका लागी मार्गर्दशन गर्नुका साथै आफ्नो स्थितिको बारेमा जानकारी दिन्छ । यसर्थ उचित लेखा बिनाको व्यवसाय जुनसुकै वेलापनि दुर्घटना हुने निश्चत छ । त्यसकारण व्यवसाय र लेखा एक सिक्काका दुई पाटा हुन ।

नेपालको परिवेशमा हेर्ने हो भने अझै अधिकांशं व्यवसायिहरुले लेखा व्यवस्थालाई वेवास्ता गरि व्यवसाय सञ्चालन गरी रहेको पाइन्छ । लेखा राख्नु उनीहरुका लागी आर्थिक बोझको रुपमा लिईएकोे पाईन्छ । जस्को कारण आफ्नो व्यवसाय कुनै गति, स्थिति लक्ष्य बिहिन अन्धकारमा भईरहेको पाईन्छ । कसैले व्यवसायको बारेमा सोध्यो भने पनि व्यवसायीसंग केवल “चलिरहेको छ” भन्ने बाहेक अरु कुनै उत्तर हुन्न ।

हाल नेपालमा व्यवसायप्रतिको मोह आम जनमानसमा दिनानुदिन बढ्रदै गएको छ । जस्ले गर्दा बजारमा प्रतिस्पर्धा बढेको छ । जुन व्यवसायले उचित मार्गदर्श अवलम्बन गरेको छ, त्यही व्यवसाय सफल भएको छ । बाँकी व्यवसायको कुनै ठेगान हुन्न । यो कारणले लगानीकर्ताको लगानी डुब्ने जोखिम बढी हुन्छ । लगानी त पुनः जुटाउन सकिन्छ, त्यो भन्दा ठुलो कुरा उक्त व्यवसायमा लगानी भएको समय, जुन कहिलै जुटाउन सकिन्न । यी सबै कुराको अन्धकार हटाउने बिकल्प नै लेखा हो ।

लेखा राख्ने कारण तथा व्यवसायलाई पुग्ने फाइदाहरु
 व्यावसायिक मार्गदर्शनका लागि
 व्यवसायको नियमित वित्तिय स्वास्थ्य परिक्षण तथा समस्यामा त्यसको निदानको लागी
 व्यवसायमा भइरहेको अवस्थाको बारेमा जानकारी लिनका लागी
 प््रातिस्पर्धी बजारमा व्यवसायिक सफलता हाँसिल गर्नका लागी
 व्यवसाय खराव अवस्थामा गएको भए समयमै उपयुक्त निर्णय लिई समय र लगानी जोगाउन
 कर सम्बन्धी अनविज्ञताका कारण प्रचलित कानुनबमोजिम आइपर्ने ठुलो धनराशिको जरिवाना तथा जेल जिबन बिताउन बाट मुक्त रहन ।
 बंैक तथा बित्तिय संस्थाहरुले मागेको प्रतिबेदन तथा कागजातहरु यथेष्ठ रुपले तयार पारी झन्झटिलो प्रकृयालाई सरलिकृत बनाउन ।
 व्यवयाय सम्बन्धी कानुनी परामर्श लिन ।
 आफुले चाहेको प्रतिवेदन चाहको समयमा प्राप्त गर्न
 व्यवसायी साहु र ग्राहकबिचको त्रिकोणत्मक सम्बन्धलाई मजबुद बनाउन ।
 पारदर्शी रुपमा व्यवसाय सञ्चालन गर्न ।
 ठगी नियन्त्रण तथा रोकथाम गर्न ।
 उचीत बजेट योजना तयार पार्न ।

बजारमा लेखापालको अवस्था
हाल बजारमा दक्ष तथा अनुभवि लेखापालको चरम अभाव रहेको छ । व्यवसायिले चाहेर पनि आफुले सोचेको जस्तो व्यतिm नपाइरहेको अवस्था छ । यदि पाइ हालेमा पनि टिकाउ छैनन् । काममा भएरहेका जनशतिm पनि व्यवसायिले नै तालीम दिएका छन । जसले गर्दा व्यवसायीले नै लेखापाललाई तालीम दिन नै समय व्यतित भएको छ र तालीम लिइएका लेखापाल सामान्य काम सिकेपछि छाडेर जाने प्रवृति आम व्यवसायीको प्रमुख चुनौती रहेको छ । वास्तवमा व्यवसायीले गर्नै भनेको व्यवायको मिसन भिजन तथा रणनिति तयार गर्ने कार्यान्वयन गराउने हो । तर व्यवसाय तथा व्यवसायी भनेको लेखापललाई सिकाउने तालीम केन्द तथा प्रशिक्षक बन्नु परेको तितो यर्थात रहेको छ ।

यी सबै समस्यालाई लामो समयसम्म अध्ययन तथा अनुसन्धान गरेर यसको निदान तथा व्यवसायी तथा लगानीकर्तालाई लेखापाल प्रशीक्षक होइन मिसन भिजन तथा रणनिति योजना को दिशामा लैजान बिभिन्न कार्यलयहरुले आआफ्ना क्षेत्रबाट कार्यहरु गरिरहेको पाईन्छ । जस्तै उदाहरण का लागी झापा जिल्लाको बिर्तामोड बाट सेवा दिईरहेको एक कम्पनि मन्तु सेवा प्रा.लि लाई लिन सकिन्छ ।

क्रमश………………………..

लेखकः नारायण संग्रौला र केशव भण्डारी (लेखक द्वय विजनेश कन्सल्टिङ्ग ग्रुप नेपालकाे एसाेसिएट सदस्य मन्तु सेवा प्रा. लि. बर्तामाेडमा कर्यरत हुनुहुन्छ )